site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा गोली चलाएर एक जनालाई लिइयो नियन्त्रणमा 
सांकेतिक तस्बिर

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिबाट समेत पेस्तोल बरामद गरेको उपत्यका प्रहरी कार्यालय स्रोतको भनाइ छ । 

'लुट्न आउँदैछ' भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको अपराध महाशाखाका प्रमुख शोमेन्द्र राठौरले जानकारी दिए । प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ ।  काठमाडौंको बौद्ध क्षेत्रबाट उनलाई नियन्त्रणमा लिन गोली चलाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्