site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाले पहिले फिल्डिङ गर्ने
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा पहिलो जितको खोजीमा रहेको अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

भारतको लखनउस्थित एकाना स्पोर्ट्स सिटीमा हुने खेलका लागि भएको टस जितेपछि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले फिल्डिङको निर्णय गर्दै दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिए । 

Dabur Nepal
NIC Asia

दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा अस्ट्रेलिया भारतसँग ६ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकाले भने पहिलो खेलमा श्रीलंकालाई १०२ रनले हराएको थियो । 

विश्वकपको यो संस्करणमा १० टिमको सहभागिता छ । यसपटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दै छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu