site stats
बाह्रखरी :: Baahrakhari
कला
छायांकन नहुँदै लगानी सुरक्षित गर्दै ‘महाजात्रा’ !

काठमाडौं । चलचित्र ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । भारतबाहेकका देशको प्रदर्शन अधिकार निर्माण पक्षले बिक्री गरेको हो । 

भारतबाहेकका देशको प्रदर्शन अधिकार दुई करोड रुपैयाँमा बिक्री भएको हो । भारतको प्रदर्शन अधिकार भने बिक्री हुन बाँकी रहेको निर्माता दीपेश खत्री ‘म्याक्स’ले जानकारी दिए । 

Argakhachi Cement Island Ad

निर्माण पक्षले ७५ लाखमा डिजिटल राइट्स बिक्री गरेको छ । निर्माण अगाडि नै यो चलचित्रले लगानी सुरक्षित गर्ने देखिएको छ ।  

‘महाजात्रा’मा आपतकालीन रुपमा आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माणपक्षले जनाएको छ । 

चलचित्रमा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहनेछ । विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, हरिवंश आचार्यलगायतको अभिनय रहनेछ । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्