site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तलब खुवाउन नसकेपछि वीर अस्पतालका कर्मचारी हटाएका हौँ : स्वास्थ्यमन्त्री
फाइल तस्बिर।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २२४ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एकैपटक सेवाबाट हटाएको थियो । उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिटै समाधान हुने बताए ।

स्वास्थ्य क्षेत्रमा २०५४ सालदेखि दरबन्दी बढाउने काम रोकिएको भन्दै उनले चाँडै नै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने बताए । मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको बताए । उनले भने, “वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका २०० चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ ।”

मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशिघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए । संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भए पनि कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएर लागिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro