site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्डको लगातार दोस्रो जित, स्यान्टनरको बलिङमा धरासायी नेदरल्यान्ड्स
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा साविक उपविजेता न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ ।

न्युजिल्यान्डले सोमबार सम्पन्न खेलमा नेदरल्यान्ड्सविरुद्ध ९९ रनको फराकिलो जित निकालेको हो । भारतको हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डले प्रस्तुत गरेको ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा सबै विकेट गुमाएर २२३ रनमात्र बनायो ।

नेदरल्यान्ड्सका कोलिन अक्रमनले ६९ रन बनाए । कप्तान स्कट एडवार्ड्सले ३०, साइब्रान्ड इन्गेलब्रेटले २९, तेजा निदामानुरुले २१, बास डी लिडेले १८ र म्याक्स ओडाडले १६ रन जोडे । 

Dabur Nepal
NIC Asia

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न न्युजिल्यान्डका मिचेल स्यान्टनरले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका स्यान्टनरले ५९ रन खर्चिए । म्याट हेन्रीले तीन विकेट लिए । रचिन रविन्द्रले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३२२ रनको योगफल खडा गरेको थियो । 

न्युजिल्यान्डका विल यङले ७० रन बनाएका थिए । कप्तान टम लाथमले ५३ रन बनाए । रचिन रविन्द्रले ५१ रन थपे । डार्यल मिचेलले ४८, मिचेल स्यान्टनरले ३६, डेभोन कोन्वेले ३२ र म्याट हेनरीले १० रन बनाए । 

नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मिकेरेन र रोएलोफ भान डेर मेर्वोले समान दुई विकेट लिए । बास डे लिडेले एक विकेट लिए ।

लगातार दोस्रो जित निकालेको न्युजिल्यान्ड चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको नेदरल्यान्ड्स भने तालिकाको आठौँ स्थानमा छ ।

न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इंग्ल्यान्डलाई नौ विकेटले हराएको थियो । यता, नेदरल्यान्ड्सले भने पहिलो खेलमा पाकिस्तानसँग ८१ रनको हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu