site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीका निम्ति उचित प्रबन्ध गरियोस् : विवेकशील साझा
फाइल तस्बिर ।

काठमाडौं । इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीका निम्ति उचित व्यवस्था मिलाउन विवेकशील साझा पार्टीले नेपाल सरकारसित आग्रह गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै पार्टीले इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

“विदेशी भूमि इजरायलमा आतंककारीको आक्रमणमा परी निधन भएका नेपालीहरूप्रति विवेकशील साझा पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

उक्त आक्रमणमा घाइते भएका नेपालीको शीघ्र उपचारको व्यवस्था गर्न पार्टीले नेपाल सरकारसित माग गरेको छ ।

“घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न, बेपत्ताहरूको तदारुकताका साथ खोजीकार्य गर्न र स्वदेश फर्कन चाहने नेपालीहरूका लागि उचित प्रबन्ध गर्न विवेकशील साझा पार्टी नेपाल सरकार र मातहतका निकायसँग जोड्दार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

पार्टीले हमासको आततायी क्रियाकलापप्रति भर्त्सना गरेको छ । इजरायल सरकार र त्यहाँका जनताप्रति विकेकशील साझाले सहानुभूति प्रकट गरेको छ ।

“चाडबाडको मुखैमा व्यहोर्नुपरेको दुःखको यो घडीमा विवेकशील साझा पार्टी सम्पूर्ण नेपालीहरूमा धैर्यधारण गर्न अनुरोध गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

गएको शनिबार एक्कासि हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायल र हमासबीच लडाइँ जारी छ । इजरायलले युद्धको घोषणा नै गरिसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro