site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को ‘विशेष’ बैठक
फाइल तस्बिर ।

काठमाडौं । इजरायल–हमासबीचको द्वन्द्वपछि उत्पन्न परिस्थितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को ‘विशेष’ बैठक बोलाएका छन् ।

विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको उद्धार, राहतलगायत विषयमा निर्णय लिन बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमाथि आक्रमण गरेपछि दुईतर्फी लडाइँ जारी छ । द्वन्द्वमा १० नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ठूलो संख्यामा मानिस घाइते छन् ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro