site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव आइतबार संसद्‌मा सर्वसम्मतले स्वीकृत भएको छ ।

आइतबारै प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयकको सैद्धान्तिक छलफलमा उठाइएका प्रश्नहरूको जवाफ दिएका थिए । गएको शुक्रबार विधेयकको सैद्धान्तिक पक्षमा संसद् बैठकमा छलफल गरिएको थियो ।

सो प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टाको समय तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्