site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हाम्रो प्रधानमन्त्रीले इजरायली समकक्षीलाई सिधा सम्पर्क गर्नुपर्छ : एमाले
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले इजरालयमा रहेका नेपालीहरुको उद्धार गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएर मात्र नहुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सिधा सम्पर्क गरेर नेपालीको विषयमा छलफल गर्नुपर्ने माग गरे ।

“सरकारलाई आग्रह गर्न चाहन्छु, यति ठूलो विपत्ति आइलागेको छ, एक मिनेट पनि ढिला गर्नु हुँदैन । यो मुलुकमा सरकार छ, राज्य छ भने यसमा एउटा विज्ञप्ति जारी गरेर, सदनमा विवरण दिएर मात्र हुँदैन, प्रमले नेतान्याहुलाई फोन गरेर भन्नुपर्यो, सिधा छलफल गर्नुपर्छ भन्ने ठान्छु,” उनले भने ।

सांसद गिरीले अहिले यूएन महासभाका कतिपय बैठकहरु चलिरहेको भन्दै त्यी बैठकमा पनि नेपाली प्रतिनिधिहरुले बैठकको ध्यानाकर्षण गर्नुपर्ने धारणा राखे । साथै, प्लेन चार्टर गरेर भए पनि नेपालीहरुको उद्धार हुनुपर्ने धारणा उनको थियो ।

फरक विषयमा उनले संविधान दिवसको दिन कानुन र कानुनी राज्यलाई चुनौती दिँदै रिगल डनलाई माफी दिएको भन्दै सरकारले यसलाई फिर्ता लिनुपर्ने धारणा राखे ।

“चेतन मानन्धरको दिनदहाडै हत्या हुन्छ, दुनियाँलाई गजजाहेर छ, जन्मकैदको सजाय सुनाइन्छ । रिगल भन्ने व्यक्तिलाई आठ वर्ष नपुग्दै कैद मिनाहा र माफी मिनाह भएको छ । यो घटनाले विधिको शासनको अन्त्य गरेको छ । कानुनी राज्य छ ? कस्तो राज्य निर्माण गर्न चाहेको हो ?,” उनले भने, “यसरी छोड्ने भए अदालत, कानुन किन चाहियो ? सबै निर्णय मन्त्रीले गर्ने भए किन चाहियो ? राष्ट्रपतिले यस्ता निर्णयलाई, सिफारिसलाई हेर्नुपर्छ कि पर्दैन ?”

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro