site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इजरायलमा रहेका नेपालीलाई सहयोग गर्न सरकार पूर्ण प्रतिबद्ध : परराष्ट्रमन्त्री
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा भएको घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको मूल्यांकन गरिरहेको बताएका छन् । त्यसबारेमा परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित समन्वय संयन्त्र स्थापना गरिएको उनले जानकारी गराए ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपालीको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने स्थितिमा आवश्यक निर्णय लिनेलगायत कार्य गर्न संयन्त्र निर्माण गरिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

इजरालयको भयानक आक्रमणबारे जानकारी पाएलगत्तै त्यहाँ रहेका नेपालीको अवस्था बुझ्न र सुरक्षाको प्रत्याभूति गर्न मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरेको उनले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन नेपालीलाई जानकारी गराउन निर्देशन दिइसकेको उनले बताए ।

Global Ime bank

उद्धार र घाइते भएका नेपाली नागरिकको उपचारका निम्ति पहलकदमी लिइरहेको उनले उल्लेख गरे । इजरायलमा रहेका नेपालीको वास्तविक स्थितिको पहिचान गर्न, उनीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न र उद्धार र सहयोगका लागि इजरायल सरकारसँग आवश्यक समन्वयको कार्य भइरहेको बताए ।

“अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाएअनुसार इजरायलका प्रधानमन्त्रीले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने बताउनुभएबाट त्यहाँको सुरक्षा वातावरण केही समयसम्म जटिल र संवेदनशील रहने देखिन्छ,” उनले भने, “नेपाल सरकार इजरायलमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नको लागि पूर्ण प्रतिबद्ध रहेको छ । यस सम्बन्धमा थप जानकारी प्राप्त भएपछि सोको जानकारी गराइनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement