site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलमा केही नेपाली विद्यार्थी सम्पर्कमा छैनन् : परराष्ट्रमन्त्री
फाइल तस्बिर।

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका केही विद्यार्थी सम्पर्कमा नरहेको बताएका छन् । गाजा क्षेत्रमा हमास समूहको आक्रमणपछि उनीहरु सम्पर्कमा नरहेको उनले बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इजरायल गएका ४९ विद्यार्थीमध्ये १७ जना विद्यार्थी दक्षिणी इजरालयको किवुज अलुमिम भन्ने स्थानमा अध्यनरत रहेको बताए । ती १७ मध्ये १२ जना सम्पर्कमा नरहेको उनले बताए ।

“नेपाली राजदूतावासबाट प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकोले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये दुईजना सकुशल रहेको, तीनजना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति एकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,” उनले भने ।

मन्त्री साउदले इजरालयमा चार हजार ५०० नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेको तथा इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत रहेको बताए ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro