site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसक्यो : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन, नेपाल र भारतका बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“चीन, नेपाल र भारतको बीचमा एउटा त्रिदेशीय साझेदारी विकासको हुन जरुरी छ । नेपाल अलिकति सम्पन्न नभईकन हाम्रो कुराको सुनुवाइ शक्तिशाली देशलाई गर्न गाह्रो हुन्छ,” उनले भने, “चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर यही प्रश्न यसरी नै, गर्न जरुरी छ– के नेपालजस्तो आर्थिक रूपले पछि परेको देशको कुरा तपाईंहरूले गम्भीर रूपले सुन्न तयार हुनुहुन्छ ? हामीले भन्दै गरेको त्रिदेशीय साझेदारीको रणनीतिअन्तर्गत गएर के नेपाललाई एउटा ठूला शक्ति राष्ट्रहरू विकासको एउटा तीव्र गतिमा गएका देशहरूबाट लाभ लिनको लागि नेपालको कुराको सुनुवाइ गर्न तयार हुनुहुन्छ ? भनेकै छु । उहाँहरूले सैद्धान्तिक रूपमा यो कुरा सही छ भन्नुभएको पनि हिजो मात्रै हो जस्तो लाग्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले विद्युत् व्यापार नेपालका निम्ति पहिलो प्राथमिकता नरहेको बताए । विद्युत् उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको उनले उल्लेख गरे । डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसकेको उनको भनाइ छ ।

“नेपाल सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ । बलियो हुनुपर्छ । त्यसका निम्ति हामीले हाम्रा प्राकृतिक साधनस्रोतको प्रयोग गर्नुपर्छ । अहिले बिजुलीको पनि कुरा आयो, हाम्रो कार्यक्रम देशभित्रै बजुली खपत गर्ने नै हो । विद्युत्को व्यापार गर्ने हाम्रो पहिलो प्राथमिकता होइन,” उनले भने, “तर, हाम्रो क्यापासिटी अहिले विद्युत् खपत गर्ने कति छ ? र, हामीले त्यसलाई कसरी विकास गर्ने हो ? अहिले नै हेर्ने हो भने हामी ईभेइकल भनेर जसरी हामी त्यसलाई प्रोत्साहन गर्दै छौँ र त्यसले डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइ नै सकेको छ । सरकारको प्राथमिकता यतापट्टि छ ।”

Global Ime bank

प्रधानमन्त्री प्रचण्डले बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको पनि बताए । 

नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र त्यसका निम्ति बाह्य पुँजी आवश्यक हुने उनले उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement