site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बझाङमा ६.३ म्याग्निच्युडको भूकम्पपछि ३८० परकम्प, चारमाथिका १३
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङमा गएको मंगलबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर परकम्प मापन गरिएको छ । त्यसयता ३८० परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शनिबार अपराह्न ४ बजेर १७ मिनेटसम्म सो संख्यामा परकम्प मापन गरिएको केन्द्रको सुर्खेतस्थित कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार १.५ म्याग्निच्युडदेखिका परकम्प मापन हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“१.५ म्याग्निच्युडदेखिका परकम्प मापन हुन्छ । मानिसले महसुस नगर्ने परकम्प पनि मापन गरिन्छ,” कार्यालय स्रोतले बाह्रखरीसित भन्यो ।

बझाङमा उक्त भूकम्पपछि यो अवधिमा ४ म्याग्निच्युडदेखि माथिका १३ परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

Global Ime bank

तीमध्ये ५ म्याग्निच्युडदेखि माथिका चार परकम्प थिए । बझाङमा यो अवधिमा मापन गरिएका मध्ये शनिबार मध्याह्न पौने १२ बजेको ५.३ म्याग्निच्युडको परकम्प सबैभन्दा ठूलो थियो ।

गएको मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन दिउँसो २ बजेर ४० मिनेटमा बझाङकै तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्च्यिुडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

उक्त भूकम्पपछि गएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । बझाङसहित सदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ । मानिस घाइते समेत भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC