site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशसभा बैठक बस्दै

मनहरी (मकवानपुर) । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । वाग्मती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

वाग्मती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ । सरकारले प्रस्तुत गरेको सो विधेयललाई  बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन्  ।

सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गर्दै आएको हो  ।

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro