site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाविरुद्ध कीर्तिमानी ब्याटिङ गरेको दक्षिण अफ्रिकाको फराकिलो जित
SkywellSkywell

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा कीर्तिमानी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध १०२ रनको फराकिलो जित निकालेको छ ।

शनिबार भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा तीन ब्याटरले शतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४२८ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टिमले बनाएको यो नै अहिलेसम्मको उच्च योगफल हो । यसअघि, दक्षिण अफ्रिकाले नै सन् २०१५ मा ४०८ रनको उच्च योगफल बनाएको थियो ।

४२९ को विशाल लक्ष्यसहित मैदानमा उत्रिएको श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर ३२६ रन मात्र बनाउन सक्यो ।

KFC Island Ad
NIC Asia

श्रीलंकाका चरिथ असलंकाले ७९ रन बनाए । कुशल मेन्डिसले ७६ रन जोड्दा कप्तान दासुन सनाकाले पनि ६८ रन थपेका थिए । कासुन रजिथाले ३३, सदीरा समराविक्रमाले २३ र धनञ्जय डी सिल्भाले ११ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले तीन विकेट लिए । मार्को जान्सेन, कागिसो रबाडा र केशब महारेजले समान दुई विकेट लिए ।

Royal Enfield Island Ad

त्यसअघि, दक्षिण अफ्रिकाका रसे भान डेर डुसेनले १०८ रन बनाएका थिए । उनले ११० बलमा १३ चौका र दुई छक्का प्रहार गरे । आइदेन मार्करमले १०६ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका मार्करमले ५४ बलमा १४ चौका र तीन छक्का प्रहार गरे ।

ओपनर क्विन्टन डी ककले पनि शतक बनाए । उनले ८४ बलमा १२ चौका र तीन छक्कासहित १०० रन जोडे । एकदिवसीय विश्वकपको इतिहासमा एकै टिमका तीन ब्याटरले शतक बनाएको पनि यो पहिलोपटक हो ।

यस्तै, डेविड मिलरले ३९, हेनरिक क्लासेनले ३२ र मार्को जान्सेनले १२ रन बनाए । कप्तान टेम्बा बवुमा भने आठ रनमै आउट भएका थिए ।

श्रीलंकाका दिल्सान मदुसंकाले दुई विकेट लिए । कासुन रजिथा, मथिसा पथिराना र दुनिथ वेलालागेले समान एक विकेट लिए ।

जितसँगै पहिलो खेलबाट दुई अंक जोडेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको श्रीलंका सातौँ स्थानमा छ ।

अक्टोबर ५ देखि सुरु भएको विश्वकपको यो संस्करणमा कुल १० टिमको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro