site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजीनामा दिँदै कार्कीले भने– सहमति नभए एमाले मध्यावधिमा जान हिच्किचाउँदैन

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले शनिबार विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठकमा राजीनामा दिएको बारे जानकारी गराए । उनी विश्वासको मत लिन तेस्रोपटक सदनमा उभिएका थिए ।

पछिल्लोपटक गएको असार १५ गते विश्वासको मत लिन नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यस बेला नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

शनिबारै उनले राजीनामा दिनेबारे नेकपा (एमाले) कोसी प्रदेशसभा संसदीय दलमा जानकारी गराएका थिए ।

Dabur Nepal
NIC Asia

प्रदेशसभा बैठकमा कार्कीले भने, “सफल रूपमा नामकरण गरे पनि पछिल्लो समय विभिन्न परिघटना भएका छन् । प्रदेशवासीको चाहनालाई पूरा गर्न सबै दलबीच सहमति र सहकार्य हुनुपर्छ । म मात्र मुख्यमन्त्री बन्नुपर्छ भन्ने छैन ।”

प्रदेशको विकास र शान्तिका निम्ति एमाले सधैँ तयार रहेको उनले बताए । उनले तत्काल मध्यावधि निर्वाचनमा जान उपयुक्त नहुनेमा जोड दिए ।

प्रदेशका विषयमा निर्णय लिन शीर्ष नेताहरूको आदेश कुर्न नहुने उनको भनाइ छ । “माथिका नेताहरूले भनेर मात्रभन्दा पनि हामी आफैँ पनि निर्णय लिन सक्छौँ । राजधानी तोक्दा र नाम राख्दा सबै दल एक ठाउँमा उभिएर निकास दिएको हो ।”

उनले प्रदेशको विकासमा सबै दल एक ठाउँमा उभिन अपिल गर्दै सहमतिको विकल्प नभएको बताए ।

विश्वासको मत नपाए नेपालको संविधानको धारा १६८ (५) अन्तर्गत सरकार बनाइँदा कार्कीले पुनः मुख्यमन्त्रीमा दाबी गर्न नपाउने एमाले दलको बैठकमा सांसदहरूले सुझाव दिएका थिए । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६७ (३) अन्तर्गत गठित सरकारले विश्वासको मत पाउन नसके पुनः १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा दाबी गर्न नसकिने बैठकमा जानकारी गराएका थिए ।

कार्कीले आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुने वातावरण बनाउन समेत सुझाव आएको बताए । उनले भने, “सहमति नै नभए एमाले मध्यावधिमा जान हिच्किचाउँदैन ।”

सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शनिबार प्रदेशसभामा कार्कीको पक्षमा बहुमत नपुग्ने अवस्था थियो । उनका पक्षमा एमालेका ३९ प्रदेशसभा सदस्य मात्र थिए ।

कार्की ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए । राजीनामासँगै उनी नेतृत्वको सरकार ढलेको छ । अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन प्रक्रिया सुरु हुनेछ । बहुमत पुर्‍याउन सक्ने प्रदेशसभाका सदस्य मुख्यमन्त्री बन्न सक्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro