site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई डा. शेखरको आग्रह– सच्चिन नसके सरकारको बाटो खाली गर्नूस्
फाइल तस्बिर 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो स्थितिबिाट अघि बढिरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको बताए । सच्चिन नसके सरकारको बाटो खाली गरिदिन उनले प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरे । 

उनले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यसलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे । कोइरालाले प्रधानमन्त्रीले पार्टीको सभापतिले जस्तो दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउँ म जातिय राज्य दिन्छुजस्ता अराजक अभिव्यक्ति दिएको बताए । 

Argakhachi Cement Island Ad

कोइरालाको प्रश्न छ,” राज्य गोजीबाट निकालेर दिने हो ?” गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीका लागि दुर्भाग्य रहेको उनको भनाइ छ । 

“कुनै पनि तरिकामा देश ठिक ढंगले अघि बढेको छैन । त्यसैले यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने  छोड्नुपर्छ,” उनले भने, “यसबाहेक विकल्प छैन । कांग्रेसले मात्रै यी अराजकताहरूलाई समाप्त गर्नसक्छ ।”

नेता कोइरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताए ।


 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्