site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यालय शिक्षा विधेयक : सकियो सैद्धान्तिक छलफल, आइतबार शिक्षामन्त्रीले जवाफ दिने
फाइल तस्बिर।

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० को सैद्धान्तिक छलफल सम्पन्न भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।

छलफलमा सहभागी सांसदहरूले विधेयक संघीयताको मर्मविपरति आएको, सरोकारवाला पक्षसँग छलफल नभएको भन्दै प्रश्न उठाएका थिए । साथै, उनीहरूले शिक्षकहरूसँग भएको ६ बुँदे सहमति विधेयकमा कसरी समावेश गरिएको छ भन्दै प्रश्न गरे । उनीहरूले विधेयक पुनर्लेखन गरेर ड्राफ्ट गर्न माग गरे ।

छलफलपश्चात् सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठकमा शिक्षामन्त्री अशोक राईले उठेका प्रश्नहरुको जवाफ दिने जानकारी दिए ।

सदनको अर्को बैठक असोज २१ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro