site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार संविधान र कानुनअनुसार नहिँड्दा देशमा अराजकता बढ्यो : महेश बर्तौला
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुनअनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताए ।

शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानुनबमोजिम हिँड्न नसकेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान नसकेको भन्दै उनले सरकारकै कारण देशमा अराजकता र अनुशासनहीनता बढेको बताए ।

सचेतक बर्तौलाले स्वच्छन्दता र अराजकता बढेको कारणले गर्दा देशमा साम्प्रदायिक द्वन्द्व र हिंसाहरु भड्किन थालेको बताए । प्रधानमन्त्रीले नै जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिने अभिव्यक्ति दिन थालेपछि त्यसको असर स्वरुप विभिन्न भड्कावहरु देखिन थालेको उनको भनाइ छ ।

Global Ime bank

“प्रधानमन्त्री स्वयं ०८४ सालको निर्वाचनको अहिल्यै भोट माग्दै, ०८४ सालमा हामीलाई बहुमत दिनुस्, हामी जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिन्छौँ भन्नुहुन्छ । त्यसको असर अर्को धर्ममा पर्छ । अर्को समुदायमा पर्छ । अर्को क्षेत्रमा पर्छ,” उनले भने, “एवं रीतले आगो विभिन्न हिसाबले सल्किन थाल्यो । भुसको आगोसरह सल्किन थालेको छ । यसले समग्र देशको, हामी मिलेर बसेको समाजलाई नै असहजतातर्फ लान खोजेको चिन्ता व्यक्त गर्ने ठाउँमा हामीलाई पु¥याएको छ । यसको मुख्य कारण सरकार हो ।”

उनले सरकार संविधान र कानुनअनुरुप हिँडेर जवाफदेही बनेमा देशको अराजकता र अस्थिरता नियन्त्रण गर्न सकिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement