site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
नेपाली कामदारले रोमानियाका नागरिकसरह अधिकार पाउने

काठमाडौं । नेपाल र रोमानियाबीच श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

शुक्रबार रोमानियाको श्रम तथा सामाजिक ऐक्यबद्धता मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच दुई देशका अधिकारीले एमओयूमा हस्ताक्षर गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका श्रम तथा सामाजिक ऐक्यवद्धतामन्त्री सिमोना बुकुरा–ओप्रेस्कुले एमओयूमा हस्ताक्षर गरेका थिए । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय बैठकपछि एमओयूमा हस्ताक्षर गरिएको थियो ।

बैठकमा दुई मन्त्रीले मुख्यतया नेपाल–रोमानिया द्विपक्षीय सम्बन्ध, श्रम आप्रवासन, आप्रवासनप्रति नेपालको प्रतिबद्धता, श्रमिक सुरक्षा, व्यावसायिक तालिमलगायतका विषयमा विचार आदान प्रदान गरेका थिए ।

बैठकमा मन्त्री भण्डारीले रोमानियासँग आपसी हितका सबै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

रोमानियाकी मन्त्री बुकुरा–ओप्रेस्कुले कानुनी रूपमा काम गर्ने नेपाली कामदारले रोमानियाका नागरिकसरह समान अधिकार पाउने नेपाली पक्षलाई आश्वासन दिएकी थिइन् ।

रोमानियाली पक्षले विशेष गरी निर्माण, सेवा, आतिथ्य र कृषि क्षेत्रमा कामदारको आवश्यकताबारे नेपाली प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो ।

हाल रोमानियामा १५ हजार ५९० नेपाली कामदार कार्यरत छन् । उक्त संख्या रोमानियामा गैरईयू देशका विदेशी नागरिकमध्ये दोस्रो ठूलो हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro