site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन महिनाभित्र मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गर्छौँ : उपप्रमुख डंगोल
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले तीन महिनाभित्र महानगरका मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने बताएकी छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा शुक्रबार उनले यस्तो बताएकी हुन् ।

उनले सीसीटीभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएर काम अघि बढाइएको जानकारी गराइन् । धुलोरहित सडक बनाउन महानगरले एक अर्ब रुपैयाँको टेन्डर अघि बढाइसकेको उनले उल्लेख गरिन् ।

Dabur Nepal
NIC Asia

उपप्रमुख डंगोलले सो टेन्डर योजनामा सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मका काम हुने बताइन् । प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राख्दा पैदलयात्रीलाई असहज भएको भन्दै उनले त्यसबारेमा सोच्न आग्रह गरिन् ।

“महानगरपालिकाले सीसीटीभीका लागि नेपाल प्रहरीसँग एमओयू गरिसकेको छ । र, एनईएसँग पनि रोड सेफ्टीसम्बन्धी जोडिने अर्को महत्त्वपूर्ण पाटो भनेको रोड लाइट्स हो । स्ट्रिक लाइटहरू हुन् । त्यसका लागि पनि हामीले एनईएसँग एमओयू गरिसकेका छौँ । तीन महिनाभित्र मुख्य सडकहरूमा सीसीटीभी कम्प्लिट रूपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ,” उनले भनिन्, “धुलोरहित सडक हामीले हाम्रा गौरव र स्वर्णिम योजना पनि अघि सारेका छौँ । धुलोरहित सडकका लागि हामीले एक अर्बको टेन्डर पनि अघि बढाइसकेका छौँ । यो योजनामा विशेष गरी सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर फुटपाथलाई व्यवस्थित बनाउने छ । सडकपेटीमा पैदलयात्रुलाई हिँड्ने वातावरण बनाउनेमा हामी कन्भिन्स छौँ । विद्युत् प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राखिदिएकाले पैदलयात्रीलाई असहज भएको छ ।”

उपप्रमुख डंगोलले सवारीसाधनको रुटमा विशेष पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सडकका पूर्वाधार पनि व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro