site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानिसको ज्यानभन्दा ठूलो शालिग्राम हुँदैन : मुख्यमन्त्री पाण्डे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुस्ताङ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कालीगण्डकीमा उत्खनन् रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध आफूहरु ‘भ्याकेट’मा जाने बताएका छन् ।

बिहीबार घरपझोङ गाउँपालिकाको भवन तथा कृषि पर्यटन मेला उद्धाटन गर्दै मुख्यमन्त्री पाण्डेले कालीगण्डकी नदीको आफ्नै ऐतिहासिकता, संस्कृति भए पनि मानव जीवनभन्दा ठूलो नरहेको बताएका हुन् ।

गत महिनामात्रै प्रदेश विकास समस्या समाधान समितिको बैठकमा पनि पालिका प्रमुखहरुले अदालती आदेशका कारण जोखिम बढ्दै गएको गुनासो गरेका थिए । यस्तै, प्रदेश सांसदहरुले मानव जीवनभन्दा ठूलो संस्कृति नरहेको बताउँदै आएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कालीगण्डकी नदी शिला, शालिग्राम पाइने विश्वकै एकमात्र नदी हो । हिन्दु धर्मावलम्वीहरुको लागि यसको छुट्टै महत्व पनि छ । तर, मानव जीवनभन्दा ठूलो केही नरहेको हुँदा अदालतको आदेश सच्याउन आफूले पहल गर्ने उनले बताएका हुन् ।

‘‘शालिग्रामको आफ्नै महत्व छ । तर, मानिसको ज्यानभन्दा शालिग्राम ठूलो हुन सक्दैन । बस्ती जोगाउन तत्काल उत्खनन् गर्नुपर्ने आवश्यकता छ । कानुनी अड्चनका कारण देखिएको समस्या हल गर्ने दिशामा प्रदेश सरकार लागिरहेको छ,” उनले भने ।

Royal Enfield Island Ad

मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेशभित्रका हिमाली क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको उनले बताए । मुस्ताङको विकासका लागि यहाँका धार्मिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने उनले बताए । मुक्तिनाथ, कागबेनीको प्रर्वद्धन र विकास जरुरी रहेको उनले बताए ।

“धार्मिक पर्यटन, साहसिक खेलको विकासले पनि मुस्ताङमा पर्यटन प्रर्वद्धन हुन सक्छ, यसवर्षको बजेटमा प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएको छ,” उनले भने ।

गण्डकी प्रदेश सरकारले मुस्ताङ जिल्लाको लागि यस वर्ष ८० करोड विकास बजेट विनियोजन गरेको र आगामी वर्ष यो बजेट एक अर्ब पुग्ने उनले बताए ।

मुस्ताङसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अहिलेको भन्दा ४८ किलोमिटर छोटो दुरीको वीरेठाँटी, म्याग्दी, घोरेपानी हुँदै तातोपानी जोड्ने सडकका लागि १० करोडमा बहुवर्षीय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु गर्ने बताए ।

मुस्ताङ कृषिको क्षेत्रमा पनि सम्भावना बोकेको जिल्ला भएको बताउँदै मुख्यमन्त्री पाण्डेले व्यावसायिक स्याउखेतीको लागि प्रदेश सरकारले अनुदान दिने भएकाले सामूहिक खेतीतर्फ लाग्न स्थानीयलाई अनुरोध गरे । स्थानीय स्तरमा रोजगारी दिलाउन प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिने कृषिका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

नेपालको फरक फरक धर्म संस्कृति र परम्परालाई जातीय, धार्मिक, सांस्कृतिक अनेकौँ नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न अहिले भइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यसतर्फ भने सबै सचेत हुनुपर्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । सात करोड ५९ लाखमा निर्माण भएको भवनको बिहीबार उद्घाटन गर्दै उनले भने, “यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro