site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ पार्टी खोलामा पसेकै छैनन्, पौडी खेल्न बाँकी छ : ओली 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँँ भनिएका पार्टीहरूले देश हाँक्न नसक्ने टिप्पणी गरेका छन् ।

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नयाँ दलहरू खोलाको किनारामा बसिरहेको भन्दै पौडी खेल्नै बाँकी रहेको बताए ।

“अहिले केही नयाँ भनेर पनि निस्किएका देखिन्छ । नयाँ बिचराहरू अहिले त खोलाको किनारामा बसेर हात पानीमा चोबल्दै छन् । खोलामा पसेकै छैनन् । पौडी खेल्न त बाँकी नै छ,” ओलीले भने, “जो ड्राइभरको सिटमा एकपटक बसेको छैन, उसले ड्राइभिङ गर्छ होला ? उनीहरू त भर्खर सिक्न खोज्दै छन् । उनीहरूबाट अहिले देश हाँकिने भन्ने कुरा छैन ।”

उनीहरूसँग कुनै विचार नभएको ओलीको भनाइ छ । राजनीति खेल खेलेको जस्तो नभएको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro