site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा के भयो ? 
SkywellSkywell

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १२औँ बैठक बिहीबार बिहान बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले यही असोज १६ गते बझाङमा गएको भूकम्पका कारण घरबाहिर बस्न बाध्य प्रभावित नागरिकलाई तीनै तहको समन्वयमा एकीकृत कार्यक्रम बनाएर राहत, पुनर्निर्माण र पुनर्स्थापनालगायत कार्य गर्न निर्देशन दिए ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष प्रचण्डले भूकम्पपछि उद्धार, राहत र व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । आफूले छिट्टै प्रभावितस्थलको स्थलगत अवलोकन गर्ने उनले जानकारी गराए ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्री प्रचण्डले भने, “यो भूकम्पलाई संकेतका रूपमा लिई सुदूरपश्चिम क्षेत्रमा भविष्यमा आउन सक्ने यस्तै खालका विपत्तिको पूर्वतयारी गर्न पूर्वसूचना प्रणालीको स्थापना र सञ्चालनका लागि सरोकारवालाहरूलाई निर्देशन दिन्छु ।”

बझाङ भूकम्पको क्षतिको लेखाजोखा र प्रभाव मूल्यांकन गरी आवश्यकताको पहिचान, पुनर्निर्माण एवं पुनर्लाभका कार्यक्रम तय गर्न आवश्यक स्रोतको व्यवस्थापन गर्ने निर्णय समेत बैठकबाट गरिएको छ ।

यस्तै, तीनै तहका सरकारबीचको समन्वयमा एकीकृत रूपमा एकद्वार प्रणालीमार्फत कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पुनर्स्थापना र पुनर्लाभको कामका निम्ति आवश्यक पर्ने नीतिगत सहजीकरण गर्ने र त्यसका लागि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय पनि गरिएको छ ।

सो प्राधिकरणको सभाहलमा बसेको बैठकमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान एवं गृहमन्त्री तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, अर्थमन्त्री डा. प्रकाशशरण महत, खानेपानीमन्त्री महिन्द्र राय यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सहभागी थिए ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सहरी विकासमन्त्री सीता गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी पनि सहभागी थिए ।

मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई, रक्षा मन्त्रालयका सचिव किरण शर्मा, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे पनि बैठकमा उपस्थित थिए ।

परिषद्का सदस्यसचिव एवं प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बझाङ भूकम्पका कारण गएको पहिरोमा परी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी गराएका थिए ।

भूकम्पका कारण ३७८ निजी आवास, सात विद्यालय, २५ सरकारी कार्यालय र एउटा स्वास्थ्य भवन क्षतिग्रस्त भएको पोखरेलले बताए ।

बैठकमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रदेश सरकारका तर्फबाट र बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला प्रशासन कार्यालयका तर्फबाट भएका खोज, उद्धार र राहतका विषयमा जानकारी गराएका थिए ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेले पश्चिम नेपालमा विगत ५०० वर्षयता ठूलो (महाभूकम्प) भूकम्प नगएको बताए । कुनै पनि बेला विनाशकारी भूकम्प जान सक्ने भएकाले पूर्वतयारीमा जोड दिनुपर्ने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro