site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘समभोक’ बिक्रीबाट संकलित रकम बालबालिकालाई

बस्टन (अमेरिका) । लेखक शिव प्रकाशले किताब बिक्रीबाट संकलित रकम बालबालिकाका क्षेत्रमा काम गर्ने दुई सामाजिक संस्थालाई प्रदान गर्ने भएका छन् ।

‘समभोक’ बिक्रीबाट संकलित करिब दुई लाख रुपैयाँ चितवनको सानो घर र काठमाडौंस्थित रक्षा नेपाललाई प्रदान गरिने लेखक शिव प्रकाशले बताए ।

यसअघि, उनले कथासंग्रह ‘घागी’ बिक्रीबाट संकलित २ लाख ५७ हजार रुपैयाँ महावीर पुनको आविष्कार केन्द्रलाई प्रदान गरेका थिए ।

‘समभोक’को दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करण पनि छिट्टै निकाल्ने तयारी भइरहेको शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले जानकारी दिए ।

शिव प्रकाशले सामाजिक, राजनीति र दर्शनमा आधारित लेखरचना सक्रिय रूपले लेख्ने आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro