site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङ भूकम्प क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन, स्थलगत अवलोकन गर्ने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पका कारण बझाङ र आसपासमा भएको क्षतिको व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

तत्काल पुग्नुपर्ने स्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन उनले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले सम्भावित विपद्जन्य घटनाका निम्ति पूर्वतयारीको आवश्यकता औँल्याए ।

Dabur Nepal
NIC Asia

नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै उनले कुनै पनि बेला कहीँ विपद्जन्य घटना हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

“अहिले भर्खरै ठूलो क्षति नदेखिए पनि यसले गरेको संकेत गम्भीर छ । त्यसकारण अहिले भएको क्षतिको पनि हामीले गम्भीरतापूर्वक लिनुपर्ने र आउने दिनका लागि तयारी विषयलाई पनि त्यत्तिकै गम्भीरतापूर्वक लिनुपर्ने भएको हुनाले यो परिषद्को बैठकले पनि विषयलाई त्यसरी नै लिन म विशेष अनुरोध गर्दछु,” उनले भने, “अहिले बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न हामी निर्देशन गर्दछौँ । हालसम्म जे जति प्रयास भएको छ, उद्धार, राहतको लागि र व्यवस्थापनमा खटिएको सबैलाई धन्यवाद छ । थप राहत र पुनःस्थापना निर्माणका लागि समन्वयात्मक रूपले अझ जोड दिएर काम गर्न पनि निर्देशन गर्न चाहन्छु ।” 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार भूकम्पको केन्द्रविन्दु रहेको क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र थप कार्यक्रम अघि बढाइने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu