site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
उत्तर–पश्चिमी सीमा दार्चुलाको टिंकरमा पुग्यो टेलिकमको टूजी

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमी नाका दार्चुलाको टिंकरमा मोबाइल सेवा पुगेको जनाएको छ ।

मंगलबार असोज १६ गतेदेखि टिंकर क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको र त्यहाँका जनताले फोनमार्फत कुराकानी गर्नसक्ने टेलिकमले बताएको हो ।

चीनको सिमानासँग जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टूजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्‍याएको थियो ।

यो क्षेत्रमा यसअघि भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा रहेको टेलिकमले बताएको छ ।

"अब भने टिंकर क्षेत्रमा रहेका करिब ५०० सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन्," कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहररू समेत यसबाट लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ ।

करिब तीन हजार ७०० मिटरको उचाईमा अवस्थित टिंकर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दूरीमा अवस्थित छ । त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro