काठमाडौं । मन्त्रिपरिषद्को बैठकले जर्मनी र रोमानिया सरकारसँग द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले उक्त सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिइन् ।
बैठकले नेपाल र मेलेसिया सरकारका परराष्ट्र मन्त्रीहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय पनि गरेको छ ।
नेपाल र स्विट्जरल्यान्ड तथा रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय भएको छ ।
बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ खारेज गर्ने निर्णय गरिएको उनले बताइन् ।
यस्ता छन् बैठकका १९ निर्णय