site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालगन्जमा कर्फ्यू जारी गर्नुपर्ने अवस्था आउनु गम्भीर चिन्ताको विषय : गगन थापा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न अपिल गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत थापाले समाजमा अविलम्ब शान्ति र सुव्यवस्था बहाल गर्न सरकारसँग माग समेत गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले नेपालगन्जमा कर्फ्यू जारी गर्नुपर्ने अवस्था आउनु गम्भीर चिन्ताको विषय भएको तर्क गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै उनले सामाजिक सद्भावका लागि नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । 

"यदि हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि सविनय अनुरोध गर्दछु," उनले भनेका छन् ।

Global Ime bank

उनले विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएकोमा त्यसलाई कायम राख्नुपर्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement