site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालगञ्जको कर्फ्यु यथावत्
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यु) यथावत् रहेको छ । 

जिल्ला प्रशासन कार्यालय, बाँकेले जारी गरेको विज्ञप्ति अनुसार निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ । 

Agni Group
NIC Asia

स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रूपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्‍याउनसमेत आग्रह गरेको छ । 

Global Ime bank

nepaljunf-1696408123.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय