site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले सांसदलाई तर्साउन खोज्यो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोधमा बोल्ने सांसदहरूको हुर्मत लिने काम गरिएको टिप्पणी गरेका छन् । सरकारले सांसदहरूलाई तर्साउन खोजेको उनको आरोप छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सांसद सुनील शर्मालाई सर्टिफिकेट नक्कली भनेर थुनामा राखिएको र सरकारको विरोधमा बोलेका अमरेशकुमार सिंहलाई सम्पत्ति छानबिन गर्छु भनेर तर्साएर के गर्न खोजेको भन्दै प्रश्न गरे ।

करिब ६१ किलो ‘सुन तस्करी प्रकरणमा जोडिएका मानिसलाई कागज गरेर छाड्ने अनि सांसदलाई हिरासतमा राखेर तर्साउने ?’ भन्दै उनले आक्रोश पोखे ।

“एकजना सांसदलाई थुनियो । एक क्विन्टल (वास्तविक परिमाण करिब ६१ किलो) सुन अवैध ल्याउनेलाई छोडियो, किन ? सुशासनको अभियान भनेको यही हो ?,” उनले भने, “माननीय सुनील शर्मा निर्वाचित जनप्रतिनिधि, उहाँको सर्टिफिकेटमा शंका लाग्यो भनेर हत्कडी लगाएर थुनामा राखियो । सरकारको विरोधमा बोलेबापत अमरेशकुमार सिंहलाई पुर्जी कटाइयो, छानबिन गर्छु भनियो । रिस उठ्दैमा जे पनि गर्ने ? छानबिन थुनेर गर्नुपर्छ भनेपछि सांसदहरूको सातो लिने । कोही बोले सुनील शर्मा बनाइन्छ, सांसदहरूको सातो लिन खोजेको हैन ? अनि, सुशासनको कुरा गर्ने ?”

२० वर्ष कैद बस्नुपर्ने हत्याका दोषीलाई छाडिएको भन्दै उनले यसले परिवार र समाजमा त्रास बढाएको बताए ।

“साढे नौ किलो सुन पक्राउ पर्छ, १०० किलो सुन पक्राउ पर्छ, ढाकछोपमा लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउन भन्दा एक महिनासम्म लडाइँ लड्नुपर्छ, के बिग्रन्छ तपाईंको ?,” उनले प्रश्न गरे, “गफ दिनुहुन्छ हेटौँडा गएर, सुशासनको अभियान हो कि निरन्तर गर्ने हो ? सुशासन दिन छाडेर प्रतिपक्षीले संगठित रूपले विरोध गर्‍यो भन्नुहुन्छ । म प्रश्न गर्न चाहन्छु, यहाँ, एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन पर्‍यो ? सबै कुरा समाउन किन सकिएन ?”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro