राजनीति
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दोस्रो अधिवेशनको ५७औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
बैठकमा ‘विद्युत् विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० ०९:०८
प्रतिक्रिया दिनुहोस्