site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्न नहुनेमा सरकार सचेत छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने विषय विधेयकमा समावेश गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्दै उनले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताएका हुन् ।

मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भए पनि त्यसले पठनपाठनलाई प्रभावित पार्न नहुनेमा सरकार सचेत रहेको उनले उल्लेख गरे । उनले ट्रेड युनियन अधिकारअन्तर्गत आफ्नो पेसागत हकहितका निम्ति संगठित हुन पाउने शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको बताए ।

अहिलेको समसामयिक परिवर्तनलाई समेत आत्मसात् गर्ने गरी पाठ्यपुस्तक तयार गर्नुपर्नेतर्फ ध्यान दिइएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro