site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ समितिले सरकारलाई दिएको ८० प्रतिशत निर्देशन कार्यान्वयन भएन : सभापति चालिसे

काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सभापति चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए । भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको बताए ।

समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको बताए । उनले भन्सार कार्यालयहरूमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउँदा भन्सारमा अर्बाैंको सामान थन्किएर बसेको बताए । 

उनले भने, "ठूलो रकमको विदेशी मदिराहरू वीरगंज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्र्पकविहीन भएको कुरा आएको छ । सरकारको राजस्व नउठेर समिति त्यही कुरामा चिन्तित छौँ । भन्सारमा राजस्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन् । अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारी साधन लगायतका वस्तुहरू भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो । काम भयो भएन भन्नेकुरा छ ।"

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro