site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सीप मेलामा निःशुल्क सीप सिकाउँदै इग्नाइट लर्निङ ल्याब

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी ‘सीप मेला, २०८२’ मा अग्नि टेक्निकल इन्स्टिच्युटअन्तर्गत इग्नाइट लर्निङ ल्याबले सक्रिय सहभागिता जनाइरहेको छ । सीपयुक्त र रोजगारयोग्य युवा जनशक्ति तयार गर्ने लक्ष्यसहित आयोजित मेलामा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटीअन्तर्गत विभिन्न विधामा तालिम उपलब्ध गराइरहेको छ ।

‘स्किल–अप विथ इग्नाइट, स्केल–अप योर फ्युचर’ भन्ने मुख्य सन्देशका साथ इग्नाइटले लक्जरी हस्पिटालिटी कोर्स, फुड एन्ड बेभरेज ट्रेनिङ र बार ट्रेनिङ उपलब्ध गराइरहेको छ । इग्नाइट लर्निङ ल्याबले यी कोर्समार्फत विभिन्न क्षेत्रमा उत्सुक हुने, सीप सिकी काम गर्न चाहनेको ‘प्यासन’लाई ‘प्रोफेसन’मा बदल्न सहयोग गर्ने उद्देश्य लिएको छ ।

Argakhachi Cement Island Ad

हस्पिटालिटी क्षेत्रमा इच्छुकले फुड एन्ड बेभेरेज, बार एन्ड बेभेरेज सर्भिस, सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्पेरियन्सेज, मेनु एन्ड टेबल म्यानेजमेन्ट, रेस्टुरन्ट अपरेसन, मिक्सोलोजी एन्ड ड्रिंक क्राफ्टिङ, बार सेट–अप एन्ड इन्भेन्टरी कन्ट्रोल, रियल टाइम गेस्ट सर्भिस ड्रिल आदि विधामा तालिम लिन सक्नेछन् । इग्गाइट लर्निङ ल्याबमार्फत यी कोर्स पूरा गर्ने प्रशिक्षार्थी हस्पिटालिटी क्षेत्रमा रोजगारीका निम्ति छोटो समयमा नै तयार हुन सक्नेछन् ।

तालिम पूरा गर्ने प्रशिक्षार्थीलाई व्यावसायिक क्षेत्रमा परिचित गराउन इन्टर्नसिप प्लेसमेन्टको ग्यारेन्टी पनि गरिएको छ ।

हालसम्म १६ सयभन्दा बढी सक्रिय प्रशिक्षार्थी भएको सीप मेला आउँदो असार ७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्