site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चार संसदीय समितिका बैठक बस्दै

काठमाडौं । चार संसदीय समितिका बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधिको मस्यौदामाथि छलफल गरिनेछ ।

बिहान ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । बैठकमा क्रसर तथा खानी उद्योग सञ्चालन गर्दा भोग्नुपरेका समस्या र उद्योग नवीकरणका विषयमा छलफल गरिनेछ ।

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० का प्राविधिक पक्षका विषयमा विज्ञसँग छलफल गरिनेछ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्दै छ । चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारका विषयमा बैठकमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ–संस्थाका पदाधिकारीसँग छलफल गरिने तय छ ।

यी बैठक सिंहदरबारस्थित समितिका आ–आफ्नै सभाकक्षमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro