site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले वाग्मती अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन : मतदान भोलि

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । 

संशोधित कार्यतालिका अनुसार आज बेलुका ८ बजेसम्म उमेदवारी फिर्ता, ९ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य तथा अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बाह्रखरीलाई जानकारी दिए । 

त्यस्तै, मतदान भोलि (शुक्रबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बताइएको छ । नेतृत्व चयनका लागि अहिले पनि सहमतिको प्रयस जारी छ । 

अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्ने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro