site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

भरतपुर । पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक बिहीबार बिहान नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा भारतको आसाम घर भइ धनगढीस्थित लक्ष्मी नारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३, मिलन चोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरू देवघाट आएका थिए ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको टोली खटिएको थियो ।

टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro