प्रवास
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले अध्यक्ष पदका उमेदवारी घोषणा गरेका छन् ।
कतारको राजधानी दोहास्थित र्याडिसन ब्लू होटलमा बुधबार एक सभा कार्यक्रम गरी उनले २४ बुँदे वाचापत्रसहित उमेदवारी घोषणा गरेका हुन् ।
उनले 'गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी, प्रवासमा सम्मान' भन्ने मूल नारा बनाएका छन् ।
संघका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० २३:२४
प्रतिक्रिया दिनुहोस्