site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियाडमा सुस्मा र भुपेन्द्रको चुनौती समाप्त

काठमाडौं । बक्सिङमा आशा गरिएका दुई खेलाडी सुस्मा तामाङ र भुपेन्द्र थापाको जारी १९औँ एसियाडमा चुनौती समाप्त भएको छ ।

हाङझाओको जिम्नाजियम बुधबार पुरुष ६३.५ केजीमुनि भुपेन्द्र चाइनिज ताइपेइका लाई चुन इनसँग र सुस्मा महिला ५० केजीमुनि कजाखस्तानकी किजाइबे नाजिमसँग पराजित भएका हुन् । 

Dabur Nepal
NIC Asia

भुपेन्द्र १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता हुन् भने सुस्मा नेपालको बक्सिङ इतिहासमा ऐतिहासिक सफलताको कीर्तिमान छ । सुस्माले गत वर्ष थाइल्याण्डमा यू–२२ एएसबीसी बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिइन् । यसै एसियाली खेलकुदका लागि नेपालको बक्सिङले विदेश प्रशिक्षकका साथै अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर पनि पाएको थियो ।

त्यसकारण पनि बक्सिङबाट पदकको आशा गरिएको थियो । अनुभवी बक्सर भुपेन्द्र र पछिल्लो वर्ष मात्र ऐतिहासिक पदक ल्याएकी सुस्माबाट सुखद प्रदर्शन हुने आशा रहेपनि उनीहरूले पहिलो खेल नै जित्न सकेनन् । 

सुस्मा अन्तिम १६ मा कजाखस्तानकी नाजिमसँग ५–० ले सहजै पराजित भइन् । भुपेन्द्रले भने एक जजको नतिजा बराबरीमा पारे पनि ४–० को नतिजा सुम्पिन बाध्य भए । लामो समय विशेष प्रशिक्षण गरेको बक्सिङमा नेपालका १३ खेलाडीको चुनौती तय थियो र अब तीन खेलाडीले खेल्न बाँकी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro