खेल
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईको सहभागितामा टि–२० त्रिदेशीय सिरिज गर्ने भएको छ ।
क्यानको आज बसेको केन्द्रीय समिति बैठकले आईसीसी पुरुष टि–२० विश्वकपको एसिया फाइनल्सको तयारीका लागि सिरिज गर्ने भएको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एसिया फाइनल्सको तयारीका लागि त्रिदेशीय सिरिज गराउने निर्णय भएको उल्लेख छ । अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा सिरिज हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० २०:१०
प्रतिक्रिया दिनुहोस्