site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैन : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन् ।

काठमाडौंमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा उनले यो समस्याको दिगो समाधान हुने गरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह गरिन् । यो समस्या देशभरका सबै सहरमा भएको भन्दै उनले संघीय सरकारले दिगो समाधान दिने गरी नीति बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिइन् ।

सो समस्या समाधानका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिने काम नगर्न उनले अनुरोध गरिन् । महानगरलाई कसैको दबाबभन्दा पनि सुझाव आवश्यक रहेको उनको भनाइ थियो ।

उपमेयर डंगोलले काठमाडौं महानगरपालिका आफ्नो नीति र कार्यक्रमानुसार अघि बढिरहेको बताइन् ।

संघीय सरकारले आवश्यक नीति, कार्यक्रम बनाएर देशभरकै सडक व्यापारीको समस्या समाधान गर्नुपर्ने उनले उल्लेख गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro