site stats
बाह्रखरी :: Baahrakhari
देश
उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः, वार्ता समिति गठन गर्ने आश्वासन

काठमाठौं । विभिन्न माग राख्दै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएका अभियन्ता ईःसँग महानगरकी उपमेयर सुनिता डंगोलले भेटेकी छन् । 

ईः सडक व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग राखेर आठ दिनदेखि महानगरको कार्यालय सभागृह अगाडि उभिरहेका छन् । 

मंगलबार बिहान उभिइरहेको ठाउँमा पुगेर उपमेयर डंगोलले वार्ता गर्नको लागि समिति गठन गर्ने आश्वासन दिएकी छन् ।

"उपमेयर सुनिता डंगोल आएर भेट्नु भएको छ । उहाँले वार्ताको लागि समिति बनाउने बताउनु भयो, ईःले बाह्रखरीसँग भने, “वार्ता हुन्छ भन्ने अपेक्षामा छौँ ।”

अभियन्ता ईः  निरन्तर १६७ घण्टादेखि महानगरको गेट अगाडि उभिएर धर्ना दिइरहेका छन् । उपमेयर डंगोलले भेटेर स्वास्थ्य अवस्थाको बारेमा चासो व्यक्त गरेकी छन् । सडक व्यवसायीको लागि वैकल्पिक व्यवस्था नीति बनाउन सक्दो प्रयास गर्ने बताएको ईःले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्