site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले वाग्मती अधिवेशन : बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिनेछ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ ।

सोमबार भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले सम्बोधन गरेका थिए । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले आग्रह गरेका थिए ।

सर्वसम्मत हुन नसके एकल प्रतिस्पर्धामा उनले जोड दिएका थिए । प्यानलगत प्रतिस्पर्धा नगर्न उनले निर्देशन नै दिएका थिए ।

एमाले वाग्मती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro