site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्यसँग नलड्नुस्, सिङ भाँचिन्छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्य विभाजित हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो अधिवेशन उद्घाटनपश्चात् उनले शक्ति मात्र विभाजित हुन सक्ने टिप्पणी गरे ।

उनले सत्यसँग नलड्न सुझाव दिए । शिक्षकहरूसँग सरकारले चलाखी गर्न खोजेको उनको भनाइ छ ।

सरकार अहिलेको अवस्थालाई बिगार्न लागिपरेको आरोप पनि उनले लगाए । “सरकार अहिलेको अवस्थालाई बिगार्न लागेको छ । शिक्षक सडकमा छन् । केहीलाई आन्दोलनबाट फिर्ता गरेर कमजोर गरियो भन्ने लागेको होला,” उनले भने, “शक्ति विभाजित हुन सक्तछ, सत्य विभाजित हुन सक्दैन । सत्यसँग नलड्नुस्, सिङ भाँचिन्छ । शिक्षकसँग चलाखी नगर्नुस् । शिक्षा मन्त्रालयमा वार्ता हुँदैन । गृह मन्त्रालयमा हुन्छ ।”

राष्ट्रिय चिन्तन र भावनाको प्रतिनिधित्व एमालेले गरिरहेको उनले जिकिर गरे । “राष्ट्रिय चिन्तन, भावनाको प्रतिनिधित्व एमालेले गरिरहेको छ । राष्ट्रिय चिन्तन, आचरणका साथ सबल राष्ट्रिय शक्ति बन्ने । यस अधिवेशनले बाहिर ल्याइएका प्रदूषित विचार, व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ,” उनले भने ।

एमालेको वाग्मती अधिवेशन नमुना हुनुपर्नेमा उनले जोड दिए । “यो अधिवेशन नमुना अधिवेशन हुनुपर्छ, काँधमा रहेका चुनौती, पार्टीका विरुद्धको घेराबन्दीलाई हेरेर,” उनले भने, “अब हामी कसरी अघि बढ्छौँ भन्ने अधिवेशनले देखाउनुपर्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro