site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धनराज गुरुङको सचिवालयले भन्यो– न्यायाधीश सरुवामा कानुनमन्त्रीको हात छैन
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय  तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको सचिवालयले जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा कानुनमन्त्रीको कुनै हात नरहेको दाबी गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितलाई थुनामा पठाउन आदेश दिने न्यायाधीश न्यौपानेलाई मन्त्रीले सरुवा गरेको भनेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रथि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

Argakhachi Cement Island Ad

“न्यायाधीश सरुवामा न्याय परिषद्को सचिवालयले प्रस्ताव तयार पारी पेस गर्ने र परिषद्‌बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको छ, न्यायाधीश न्यौपानेको सरुवाका लागि मन्त्री गुरुङले कुनै प्रस्ताव गर्नुभएको छैन,”  विज्ञप्तिमा भनिएको छ ।

सचिवालयले मन्त्री गुरुङले मन्त्रालयको जिम्मेवारीमा आउनुभन्दा अघिदेखि नै भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि आवाज उठाउँदै आएको  बताएको छ ।

“राजनीतिक जीवन सुरु गर्दादेखि नै सधैँ कानुनी राज्यको पक्षमा वकालत गर्दै आउनुभएको र हाल स्वयं कानूनमन्त्रीको जिम्मेवारीमा रहनुभएको सन्दर्भमा कुनै गलत नियत नराखी कार्यसम्पादन गर्दै आइरहनुभएको छ,” सचिवालयले भनेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २३:३५
प्रतिक्रिया दिनुहोस्