site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बक्सिङका संगीता, दिपक र मिनु पराजित

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपाली मुक्केबाज संगीता सुनार र दीपक श्रेष्ठले पराजय भोगेका छन् ।

संगीता भियतनामकी खेलाडी लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन् । आइतबार दिउँसो हाङजाओ जिम्नेजियममा भएको महिला ६० केजी तौल समूहअन्तर्गत राउन्ड अफ ३२ को भिडन्तमा सुनारलाई भियतनामकी हा थि लिन्हले ५–० अंक ले पराजित गरेकी हुन् ।

त्यस्तै, पुरुषको ८० केजी तौल समूहमा पनि नेपालका दीपक श्रेष्ठ उज्वेकिस्तानका टुराबेक खबिबुल्लएइभसँग ५–० अंकमै पराजित भए । राउन्ड अफ ३२ को भिडन्तमा दीपकलाई टुराबेकले युनानिमोस डिसिजनको आधारमा पराजित गरे ।

Dabur Nepal
NIC Asia

महिला ५४ केजीमा नेपालकी मिनु गुरुङको पनि चुनौती समाप्त भएको छ । १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी मिनु जापानकी किनोसिता रिंकासँग ५–० ले पराजित भइन् । व्यक्तिगत स्पर्धामा नेपालबाट सबैभन्दा बढी खेलाडी सहभागी खेल बक्सिङ हो । पुरुष सात र महिला ६ गरी १३ खेलाडी सहभागी छन् ।

सुटिङ

सुटिङको महिला १० मिटर एयर राइफलको ६४० पूर्णाङ्कमा नेपालका शिल्शा भण्डारीले ६१६.९ तथा सुस्मिता नेपालले ६०७.९ अंकको प्रदर्शन गरे । सुटिङमा नेपालबाट दुई महिला खेलाडी मात्र सहभागी छन् ।

रग्बी : नेपालको चुनौती समाप्त

रग्बी सेभेन्समा नेपालको चुनौती आइतबार समाप्त भएको छ । समूह ‘डी’मा नेपालसहित यूएई, चीन र अफगानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो ।

यूएईले नेपाललाई ५५–७ ले पराजित गर्‍यो । नेपालका लागि विक्रम पुरीले एक कन्भर्सनबाट दुई तथा पुजन फेवालीले एक ट्राइबाट पाँच स्कोर गरे । त्यस्तै, आयोजक चीनले नेपाललाई ६५–० तथा अफ्गानिस्तानले नेपाललाई ४१–० ले हरायो । नेपालबाट पुरुष रग्बी टोली मात्र सहभागी छ ।

उसु : विजयी सातौँ स्थानमा

हाङझाउ एसियाडको उसुमा १३औँ सागका स्वर्ण विजेता विजय सिन्जाली थाउलोको छाङछ्वानमा समग्रमा सातौँ स्थानमा रहे । विजयले ९.७०३ अंक ल्याउँदै १४ खेलाडी सहभागी उक्त स्पर्धामा सातौँ भए ।

यस विधामा स्वर्ण जितेका चीनका सुन पेयुनले ९.८४० अंक ल्याए । रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९.७८६ अंक र काँस्य विजेता मकाउका ची कुवानले ९.७६० ल्याए । सबिता राईले ८.७९६ अंक ल्याउँदा उनी १४औँ स्थानमा खुम्चिइन् ।

उसुको सान्सौं (फाइट) मा एलिना चौधरी र रोहित चुनारो पराजित भए । महिला ५२ केजी तौल समूहको क्वार्टरफाइनलमा एलिना इरानकी मानसोर्‍यान इलाहेसँग पराजित भइन् । रोहित पनि पुरुष ५६ केजी तौल समूहको क्वार्टरफाइनलमा किर्गीस्तानका एमानबेकोभसँग अभाजबेकसँग २–० ले पराजित भए ।

सान्सौंकै पुरुष ६० केजीमा नेपालका पदम राई लाओसका साइबोन्फेङसँग २–० तथा ६० केजीमा नेपालका मंगलप्रसाद थारु किर्गिस्तानका ओमुरजाकोभ अस्काटसँग क्वाटरफाइनलमा पराजित भएपछि कम्तीमा काँस्य पदक निश्चित गर्नबाट चुके ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro