site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाकिस्तान–नेपाल बौद्ध सम्बन्धबारे गोष्ठी
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानको बौद्ध सम्पदा र नेपालसँगको ऐतिहासिक सम्बन्धलाई उजागर गर्न एक गोष्ठीको आयोजना गरेको छ ।

aasfaf-1695568440.jpg

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी प्रमुख अतिथि रहेको गोष्ठीमा बुद्धिजीवी, बौद्ध भिक्षु, विद्वानसहित पर्यटन बोर्डका प्रतिनिधिहरू सहभागी थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

WhatsApp-Image-2023-09-24-at-18.51.11-1695568381.jpg

गोष्ठीमा पाकिस्तानको पन्जाब र खैबर पख्तुनख्वा प्रान्तमा रहेका प्राचीन गान्धार सभ्यताका ऐतिहासिक संरचनाबारे छलफल भएको थियो ।

Global Ime bank

Dhananjaya-1695568319.jpg

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल–पाकिस्तान मैत्री सम्बन्धबारे चर्चा गरे । उनले आफ्नो पाकिस्तान भ्रमणबारे पनि स्मरण गरे । उनले बौद्ध सम्पदाको क्षेत्रमा पाकिस्तानको सहयोग र चासोको लागि प्रशंसा गरे ।

PAK-1695568401.jpg

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक बौद्ध सम्बन्धलाई जोड दिए । उनले पर्यटक, इतिहासप्रेमी, बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक तथा पुरातात्विक प्रेमीका लागि गान्धारा उत्कृष्ट गन्तव्य हुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय