site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यून गुणस्तरको पाइएपछि दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक 
प्रतिकात्मक तस्बिर

काठमाडौं । औषधि व्यवस्था विभागले नेपाली कम्पनीका दुई एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ । रुपन्देहीको एसियन फर्मास्युटिकल्स र बाराको नेसनल हेल्थकेयरद्वारा उत्पादित सेफोडक्जिम सिरपका दुई ब्याचको औषधि बिक्री तथा प्रयोगमा रोक लगाइएको हो । 

एसियन कम्पनीको इन्सेफ ड्राइ सिरपको ब्याच नम्बर आईएनडीएफ ९०२९ र नेसनलको प्रोडोक्जिम—१०० ड्राइ सिरपको ब्याच नम्बर पीडीडीटी २२०४९ कम गुणस्तरको पाइएको विभागले जनाएको छ । 

Dabur Nepal
NIC Asia

राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षाणपछि न्यून गुणस्तरीय पाइएका ती औषधिहरू ब्याक्टेरियाको संक्रमणबाट हुने रोगहरूको उपचारमा प्रयोग हुन्छन् । 

खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ ।  उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन भनिएको छ ।

recall-notice-dda-1715321585.jpeg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro