site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन बनाउनुपर्छ : सञ्चारमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदहरूलाई आग्रह गरेकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियार ‘दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’सम्बन्धी छलफलमा उनले यस्तो बताएकी हुन् ।

Dabur Nepal
NIC Asia

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने सरकारले नसोचेको समेत उनले बताइन् । अख्तियारले भ्रष्टाचारका काण्डहरू खोजिदिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको स्पष्ट पारिन् ।

राम्रो कानुन निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने काममा राज्य व्यवस्था तथा सुशासन समितिले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro